रत्ननगर नगरपालिकाले चाडपर्वमा प्लाष्टिकका फूल र माला विक्रीमा रोक लगायो

चितवन । चितवनको रत्ननगर नगरपालिकाले दसैं, तिहार, छठ जस्ता पर्वहरुमा प्लाष्ट्रिकजन्य फूल,माला र गुच्छाको विक्रीवितरणमा रोक लगाएको छ ।

नगरपालिकाले सोमवार एक सूचना जारी गर्दै नगर कार्यापालिकाको असोज २१ गते बसेको निर्णय अनुसार नगर क्षेत्र भित्र प्राकृतिक फूल, माला र गुच्छा मात्रै विक्रीवितरण गर्न रोक लगाएको जनाएको छ ।

प्लाष्ट्रिकजन्य सामाग्री बातावरण प्रतिकुल हुन भएकोले विक्री वितरण नगर्न भनिएको छ । यस्तो कार्य गरेमा कानून बमोजिम कारर्वाही गर्ने नगरपालिकाले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/32197

Previous articleभरतपुरको आरम्भ कलेजलाई तत्काल भर्ना रोक्न सर्वोच्चको अन्तरिम आदेश
Next articleअवाञ्छित गतिविधि रोक्न एक सय बाइस ठाउँमा प्रहरी कक्ष
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।