छत्रकोटको गैरीखुट्टा-नौधारा सडक कालोपत्रे गर्न सुरु

गुल्मी- गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाम छत्रकोट रिङरोड अन्तर्गतको गैरीखुट्टा नौधारा सडक कालोपत्रे हुने भएको छ । गाउँपालिकाको वडानम्बर ६ मा रहेको गैरीखुट्टा नौधारा सडक कालोपत्रे गर्ने कार्यको एक कार्यक्रमका बिच छत्रकोट पालिका अध्यक्ष रामप्रसाद पाण्डेले शिलान्यास गर्नुभयो ।

सडक कालोपत्रे गर्न प्रतिक्षा निर्माण सेवाले काम सुरु गरेको छ । आगामी जेठ मसान्त सम्म सक्ने गरि १ करोड ४७ लाख ४२ हजार ४४ रुपैयाँको लागतमा सडक स्तरोन्नतीसहित कालोपत्रे हुन लागेको वडानम्बर ६ का वडा सचिव कमल लम्सालले बताउनुभयो ।

कालोपत्रे गर्ने सडकको शिलान्यास गर्दै पालिका अध्यक्ष पाण्डेले ५ वर्ष भित्र पालिका र वडा कार्यालयसम्म पुग्ने सबै सडक कालोपत्रे गर्ने लक्ष्य रहेको बताउनुभयो । छत्रकोट रिङरोड अन्तर्गतको गैरीखुट्टा नौधारा सडकको कालोपत्रे गर्ने कार्य निर्माण व्यवसायीले तोकिएको समयमा गुणस्तरीय काम गर्न आग्रह गरे ।

समयमै काम सम्पन्न गर्न पालिकाको तर्फबाट गनुपर्ने सहयोग हुने पाण्डेको भनाइ छ । गैरीखुट्टा नौधारा सडकको २ किलोमिटर २०८१ साल जेठ ३० गतेसम्म कालोपत्रे गर्ने सम्झौता रहेको छ । ग्रामीण भेगमै सडक कालोपत्रे हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।

https://ujyaalonepalnews.com/archives/32240

Previous articleविश्वकप क्रिकेट: भारतद्वारा अफगानिस्तान आठ विकेटले पराजित
Next articleराप्ती दशैँ मेला तथा साँस्कृतिक कार्यक्रम सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।