ताजाकोट गाउँपालिकाले नष्ट गर्‍यो म्याद गुज्रिएको अखाद्य वस्तु

हुम्ला- दशै तिहार नजिकिएसँग हुम्लाको ताजाँकोट गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिइएको छ । गाउँपालिका केन्द नजिकैको छप्रेला बजारबाट गुणस्तरहीन वस्तु जफत गरी नष्ट गरेको हो ।

वाणिाज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको परिपत्र अनुसार बजार अनुगमन गरेको ताजाँकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत धनराज ढकालले जानकारी दिनुभयो ।

कार्यबाहक अध्यक्ष अजबिर खत्री, छप्रेला प्रहरी चौकीका इन्चार्ज चन्द्रसिह भण्डारी लगायतको टोलीले संयुक्त बजार अनुगमन गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनुभयो ।

गुणस्तरहीन पेयपर्दथ फ्यान्टा, फ्रुटी, र चिउरा, भुजा, मसला, बिस्कुट, चियालगायत ८०/८५ हजार बराबरको गुणस्तरहीन वस्तु नष्ट गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालको भनाई छ ।

छपेला बजारपछि बाजुरा र हुम्लाको सिमाना रहेको कवाडी बजारमा समेत अनुगमन गर्न तयारी रहेको गाउँपालिकाले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/32246

Previous articleनियमित औषधिले नियन्त्रण हुन्छ बाथरोग
Next articleभारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।