जुम्लाको तातोपानी गाउँपालिकाले वडा-वडामै पुगेर योजना सम्झौता गर्दै

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिकाले वडा–वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । बैशाख मसान्तमै आर्थिक वर्ष सम्पन्न गर्ने लक्ष्य लिएको तातोपानीले वडामै पुगेर योजना सम्झौता कार्य गर्न थालेको हो ।

अन्य पालिका अलमलमै रहँदा तातोपानीले गाउँपालिकाले भने वडामै पुगेर योजना सम्झौता कार्य थाल्दा पुँजीगत खर्चमा प्रगती र विकासमा गुणस्तर ल्याउने आशा जागेको छ ।

वडामै पुगेर योजना सम्झौता गर्ने अभियान अन्तरगत बुधबार तातोपानीको वडा नं. २ का योजना सम्झौता गरिएको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताउनु भयो । उहाका अनुसार २ नम्बर वडाका ७ वटा योजना सम्झौता गरिएको छ ।

जसमा मुनबाडादेखि ताबाडासम्म जाने आरसिसि गोरेटो बाटो, कर्णाली राजमार्गदेखि चिहानघाटसम्म गोरेटो बाटो पिसिसि निर्माण, कर्णाली राजमार्गदेखी तातोपानी धारासम्म रेलिङ र नाली निर्माण, डाँगीवाडा गाउँ गोरेटो बाटो पिसिसि निर्माण,थाप्ला देखि खाँजर्मी सिचाई कुलो निर्माण गोप्थाड रहेको छ ।

साथै सुन्दरगाउँ गोरेटो बाटो तटबन्धन निर्माण, कर्णाली राजमार्ग देखि हिमशिखर उच्च माध्यामिक विद्यालयसम्म आर सि सि सडक निर्माण ९मुख्यमन्त्री रोजगार अन्तरगत गरी ७ चालु आवका ७ वटा योजना सम्झौता भएको प्रमुख प्रशासकिय अधिकृत कठायतले जानकारी दिनुभयो ।

पालिकाकै विशेष क्षेत्र वडा नं. ७ र ८ मा प्राविधिक टोली योजना सम्झौताका लागि गएको र विवरण आउन बाँकी रहेको छ । पालिकाका आठवटै वडाका योजना सम्झौता कार्यलाई पहिलो चौमासिकमै सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/32249

Previous articleकाठमाडौंको बौद्धमा प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते, दुईजना नियन्त्रणमा
Next articleइन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा अघि सार्ने गठबन्धनको निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।