राष्ट्रपति पौडेल आगामी महिना जर्मनी भ्रमणमा जानुहुने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणमा आगामी महिना जर्मनीको भ्रमणमा जानुहुने भएको छ ।

जर्मनीको एकीकरण तथा जर्मनी-नेपाल सम्बन्धको ६५औँ वार्षिकोत्सवका अवसरमा बिहिबार साँझ काठमाडौँमा आयोजित स्वागत समारोहमा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले जर्मनीका जनता राष्ट्रपति पौडेललाई आफ्नो भूमिमा स्वागत गर्न आतुर रहेको बताउनुभयो ।

राजदूत प्रिन्जले भूकम्पपछिको पुनःनिर्माण होस् या कोरोना महामारीको समयमा जर्मनीले नेपाललाई निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि त्यसलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, पत्रकार, उद्योगपति, व्यापारी, कामको सिलसिलामा काठमाडौँमा रहेका जर्मनीका नागरिक, नेपाली समाजका प्रतिष्ठित व्यक्तिलगायतको उपस्थिति थियो ।

https://ujyaalonepalnews.com/archives/32301

Previous articleविश्वकप क्रिकेट: दक्षिण अफ्रिकासँग अष्ट्रेलिया १३४ रनले पराजित
Next articleसहयात्रीमा नै शान्ति प्रक्रियाबारे नकारात्मक प्रवृत्ति देखियो: प्रधानमन्त्री
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।