शान्ति सेनामा गएका राईको कङ्गोमा निधन

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) २९औँ डफ्फामा कार्यरत प्युठ भूपजित राईको निधन भएको छ ।
खोटाङको फक्टाङ्ग गाउँपालिका–८ घर भएका प्युठ राई ट्याक्टिकल अपरेशन बेस जिनामा कार्यरत रहँदा बिरामी हुनुभएको थियो ।
उहाँको बुनियास्थित अस्पतालमा उपचारका क्रममा निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
राईको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको निर्देशनालयले जनाएको छ ।।

https://ujyaalonepalnews.com/archives/32313

Previous articleचितवन स्थानीय प्रसाशनद्वारा नेपाल-भारत सीमाको निरीक्षण
Next articleस्वदेशी उत्पादनलाई विश्व बजारमा पुर्‍याउन सरकारले सहयोग गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।