कास्कीमा हिमपहिरोमा परेर २ नेपालीसहित ७ पर्यटक बेपत्ता

Click Image

कास्कीस्थित अन्नपूर्ण आधार शिविरको पर्यटकीय पदमार्गमा हिमपहिरो जाँदा २ नेपालीसहित ७ पर्यटक बेपत्ता भएका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा दुई नेपाली गाइडसहित चार कोरियाली र एक चिनियाँ पर्यटक हराइरहेका हुन्।

गण्डकीस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार अन्नपूर्ण बेसक्याम्प (एबीसी) जाने क्रममा नौ कोरियालीमध्ये चार जना सम्पर्कविहीन भएका हुन्। यसैगरी एक चिनियाँ पर्यटक र दुई नेपाली गाइड पनि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

भारी हिमपातले उक्त मार्गमा तत्काल ओहोरदोहोर गर्न सकिने अवस्था छैन। स्थानीय र प्रहरीले उक्त स्थानमा फोनले काम नगरेकाले पनि खोजीमा समस्या भएको बताएका छन्।

हिमपहिरामा परी शुक्रबार दिउँसोदेखि बेपत्ता उनीहरूको खोजी गर्न प्रहरी घटनास्थलतर्फ गएको बताइएको छ।

एमसिसीबारे टुंगो लगाउन नेकपाको तीन सदस्यीय सुझाव समिति गठन

Previous articleदुई जनालाई इँटा भट्टामा हालेका आलम पुगे जेल, खुलेआम पाँच हजार जना मारेको बताउने प्रचण्डलाई के ?
Next articleकुहिरोले ढाक्यो काठमाडौं, आज वर्षा/हिमपात हुन्छ कि हुँदैन?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।