मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने

काठमाडौँ- साल्भाडोरमा आगामी नोभेम्बर १८ मा हुने मिस युनिभर्समा नेपालका तर्फबाट जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाक सहित शान्तिको सन्देश दिनुहुने भएको छ ।

मिस युनिभर्सको विश्वव्यापी प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै उहाँले राष्ट्रिय पोशाक सहित विश्व शान्तिको कामना पनि गर्ने उमङ्ग क्रियसनले हिजो आयोजना गरेको कार्यक्रममा जानकारी गराइएको हो ।

विभिन्न देशकाबीच युद्ध भइरहेका बेला शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपालबाट प्रतिनिधित्व गर्ने सुन्दरीले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्न लाग्नुभएको आयोजक संस्थाका निर्देशक उद्धव अधिकारीले जानकारी दिनुभयो ।।

https://ujyaalonepalnews.com/archives/32469

Previous articleदुर्गा पक्षको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै
Next articleबझाङ केन्द्र विन्दु बनाएर भूकम्प
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।