पाल्पा रानिमहल नजिकै बैकुण्ठे भीरमा जिप दुर्घटना: ६ जनाको मृत्यु, १ जना गम्भिर घाइते

पाल्पा- पाल्पामा रानीमहल तानसेन सडक खण्डको बैकुण्ठे भीर नजिकै जिप दुर्घटना हुँदा ६ जनाको घटनस्थलमै मृत्यु भएको छ ।

ऐतिहासिक पर्यटकीय स्थल रानिमहल घुम्न हिडेका पर्यटक सवार बाग्मती प्रदेशको ७२०९ नम्बरको जिप ओरालो सडकमा चिप्लिएर करिब ७ सय मिटर तल तानसेन खोलामा खसेको छ ।

दुर्घटना परी तीन महिला, दुई बालक र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेको परिचय भने अझै खुल्न सकेको छैन ।

दुर्घटनामा गम्भिर घाइत एक जनाको भने उद्धार गरिएको छ । उनको अवस्था पनि गम्भिर रहेको प्रमुख शर्माले बताउनुभयो ।

दुर्घटना स्थल निकै ठुलो भिर र खोलामा परेकोले उद्धारमा कठिनाइसमेत भएको घटनास्थलमा उद्धारमा खटिएका स्थानीय ठाकुर पाण्डेले जानकारी दिनुभयो ।

बेलुकी करिब साढे ४ बजेको समयमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनास्थलमा अहिले नेपाली सेना,नेपाल प्रहरी र ‍सशष्त्र प्रहरीको साथै स्थानीयको सहयोगमा शव निकाल्ने काम भइरहेको छ ।।

https://ujyaalonepalnews.com/archives/32555

Previous articleधादिङ भूकम्प अपडेट: २० वटा घर भत्किए
Next articleइजरायल युद्धमा मारिएका तीन विद्यार्थीको शव आइपुग्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।