सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्रु घाइते

मकवानपुर- भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् ।

इन्द्रसरोवर गाउँपालिका–५ मकैबारीस्थित कुलेखानी– मातातीर्थ काठमाडौँ जाने भित्री सडकखण्डमा आज बिहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्र।०३–००१ज०२८३ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका–२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उहाँले जानकारी दिनुभयोे ।

सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र घाइतेको उपचारका लागि काठमार्डौँ पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।।

https://ujyaalonepalnews.com/archives/32581

Previous articleपोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ : परराष्ट्र मन्त्री साउद
Next articleटीकाको साइत ११ बजेर २ मिनेटमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।