पूर्वीचितवनमा भएका दुई दुर्घटनामा १ को मृत्यु, ३ घाइते

१० कात्तिक, भरतपुर । चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ९६प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा३ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय आनन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै बिहीबार साँझ चितवनको रत्ननगर नगरपालिका ७ बद्रेनीस्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन् ।

बद्रेनीबाट हात्तीचोकतर्फ आउँदै गरेको बा प्र ०६–००१ प ४७९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१२ का २० वर्षीय समित महतो, मोटरसाइकल पछाडि सवार राप्ती नगरपालिका ६ का २१ वर्षीय विज्ञान चौधरी र सोही ठाउँका २२ वर्षीय रोशन चौधरी घाइते भएका थिए ।

घाइते तीनैजनाको उपचार भरतपुरको पुरानो मेडिकल कलेजमा भइरहेको छ ।

https://ujyaalonepalnews.com/archives/32625

Previous articleवर्षा सकिए सँगै नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट
Next articleनहर विभाग खाली गर्ने समय सिमा नजिकिदै – नगर प्रमुख लामा भन्छन “मुख्य राजनैतिक दलको दोहोर चरित्र मात्र वाधक”
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।