दशैं लगत्तै भारतीले सुरु गरिन् अनसन

१२ कात्तिक, काठमाडौं । भारती शेर्पाले दशैं सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन् ।

श्रीमानको हत्यामा दोषी ठहर भइ जेलमा रहेका योगराज ढकाल (रिगल) लाई सरकारले कैद मिनाहा दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी शेर्पाले माइतीघरमा पुनः रिले अनसन सुरु गरेकी हुन् ।

श्रीमान् चेतन मानन्धरको हत्या घटनामा दोषी ठहर भई जेल परेका रिगललाई गत असोज ३ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरिदिएपछि भारतीले विरोध गर्दै आएकी छन् ।

२०७२ सालको असारमा दुई समूहबीच विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।

https://ujyaalonepalnews.com/archives/32674

Previous articleदशैंमा २० हजारले घुमे चितवन निकुञ्ज, १ करोड ८५ लाख राजश्व संकलन
Next articleहमासले बन्धक बनाएका सबैलाई अविलम्ब रिहा गर्न महासचिव गुटेरेसको आह्वान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।