जाँडको कटमा डुबेर १८ महिने बालकको मृत्यु

रक्सी पारेर राखिएको जाँडको कटमा डुबेर एक बालकको मृत्यु भएको छ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं-२ खेजेनिमका एक १८ महिने बालकको मृत्यु भएको हो।

खेजेनिम तिङदोका लाक्पानोर्बु शेर्पाका १८ महिने छोरा ङिमादोर्ची शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

मृतकका बुबा वैदेशिक रोजगारीमा साउदी गएको र आमा सोनिया शेर्पा बच्चा छिमेकीलाई हेर्न छोडेर खेतमा गएको बेला घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूका अनुसार दिउँसो बालक खेल्ने क्रममा कटमा डुबेको अवस्थामा छिमेकी छय्के शेर्पाले देखेकी थिइन्। उनले बालकलाई कटबाट निकाल्दा बच्चाको मृत्यु भइसकेको थियाे।

डिएसपी लिम्बूले घटनाबारे थप आवश्यक अनुसन्धान जारी रहेको र शव पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइएको बताए।

https://ujyaalonepalnews.com/archives/32715

Previous articleसिसौघारी टोलमा समस्यैसमस्या, सांसद् लामाद्वारा बस्ती विकास गर्ने प्रतिबद्धता
Next articleपाथीभरामा एकै दिन साढे आठ हजार भक्तजन पुगे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।