Home Uncategorized सुलेमान शंकर (ईकु) सहित ९ जना कलाकार जुवा खालबाट पक्राउ

सुलेमान शंकर (ईकु) सहित ९ जना कलाकार जुवा खालबाट पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको मैतिदेवीबाट कलाकार सुलेमान शंकर (इकु सुलेमान) सहित ९ जना कलाकारलाई पक्राउ गरेको छ ।

मैतिदेवीस्थित डान्सबारमा संचालित जुवा खालबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  बताए ।

पक्राउ पर्नेमा गायक चक्र बम, शंकर आचार्य, सुलेमान शंकर र नरेन्द्र विष्टसहित ९ जना छन् । जुवा खालबाट प्रहरीले १ लाख ९० हजार रकम बरामद गरेको छ ।

शनिबार राति पक्राउ गरेर उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।

कलाकारहरुलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा थुनामा राखिएको छ ।

https://ujyaalonepalnews.com/archives/32721

Previous articleपाथीभरामा एकै दिन साढे आठ हजार भक्तजन पुगे
Next articleराष्ट्रपतिबाट आममाफी पाएका रामचन्द्र अपहरणको धम्कीको आरोपमा पक्राऊ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।