कालिकामा दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

0
119

 उज्यालो नेपाल, चितवन । कालिका नगरपालिकामा दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८० आज (बुधबार) बाट सुरु भएको छ । नगरपालिकाको वडा नं. ३ मा मिलिजुली युवा क्लब र आयाम युवा समाजको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको आज एक समारोह बीच प्रदेश सांसद गीता गुरुङले समुद्घाटन गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि वडाध्यक्ष बिरेन्द्र तामाङले वडाले खेलकुद पर्वद्धनमा सदैव सहयोग गर्ने बताए । वडा कार्यालय निरन्तर खेलमैदान स्तरोन्नति संगै खेलकुद प्रतियोगिताहरु संचालन गर्न सकारात्मक रहेको वडाध्यक्ष तामाङले बताए।

मिलिजुली युवा क्लबका अध्यक्ष नवराज घलानको सभापतित्वमा भएको कार्यक्रममा आयाम युवा समाजका अध्यक्ष नग्रेन्द्र गिरिले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, वडासदस्यहरु, राजनैतिक दलका नगर र वडा स्तरिय प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा विभिन्न १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो हुने टिमले एक लाख पचपन्न हजार पांच सय पचपन्न नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो स्थान हासिल गर्ने टिमले नगद ७५  हजार ५५५  सहित ट्रली ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई पुरस्कारको व्यवस्था समेत गरीएको खेल संयोजक राजु भुलुनले बताए ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक मिलिजुली युवा क्लबले पाहुना टोली पर्सा व्वाईजलाई १-० ले स्तब्ध बनाएको छ । पाहुना टोलीले प्रतिष्पर्धी घरेलु टिमका खेलाडीलाई डि-बक्स भित्र लड़ाएपछी पाएको पेनाल्टी सुटआउटको मौकालाई सदुपयोग गर्दै मिलिजुलीका अमित भ्लोनले टिमलाई १-० को अग्रता दिलाएका थिए । खेलमा मिलिजुलीका विजय श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका छन् । उनले मौलाकाली केबलकारको तर्फबाट एउटा टिकट र थ्रीई ग्लोबल कन्सल्टेन्सीको तर्फबाट नगद रु एकहजार प्राप्त गरेका छन् ।

भोली आयोजक बि र राप्तीपारी समाज कालिका २ भिड्नेछन् । प्रतियोगिताको फाईनल खेल कार्तिक २७ गते हुनेछ ।

 

https://www.ujyaalonepalnews.com/archives/32749

Previous articleआममाफी पाएका थापा ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ
Next articleविश्वकप छनोट : नेपाल ओमानसँग पाँच रनले पराजित