रत्ननगरमा फुटवल ः वडा नं ९ र १४ सेमिफाइलनमा प्रवेश

रत्ननगर । रत्ननगरमा मेयर कपका लागि खेलाडी छनोटका गर्न आयोजित वडा स्तरीय फुटवल प्रतियोगितामा दुई वटा वडा सेमिफाइलनमा प्रवेश गरेका छन् ।

बुधबार सम्पन्न दुई छुट्टा छुट्टै खेलबाट वडा नं वडा नं ९ र वडा नं १४ सेमिफाइनलमा प्रवेश गरेको रत्ननगर खेलकुल विकास समितिका संयोजक कृष्ण चौधरीले जानकारी दिए ।

पहिलो खेलमा वडा नं १४ ले वडा नं २ लाई शुन्यका विरुद्ध ४ गोल अन्तरले पछि पार्दै सेमिफाइनल प्रवेश गरेको हो । दोस्रो खेलमा वडा नं ७ लाई पराजित गर्दै वडा नं ९ सेमिफाइनलमा प्रवेश गरेको हो ।

रत्ननगर नगरपालिका खेलकुल विकास समितिको आयोजनामा वडा नं ८ स्थित बाघमारा खेल मैदानमा कार्तिक १० गतेबाट प्रतियोगिता सुरु भएको हो ।

१७ टिक सहभागी सो प्रतियोगिताको फाइनल कार्तिक १८ गते हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार र दोस्रो हुने टिमले २५ हजार पुरस्कार सहित शिल्ड तथा मेडल प्रदान गरिने समितिका संयोजक चौधरीले बताए ।

https://ujyaalonepalnews.com/archives/32754

Previous articleसौराहामा केपी ओली कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने
Next articleराष्ट्रियसभाको माघमा र उपनिर्वाचन वैशाखामा गर्न आयोगको परामर्श
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।