अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

Click Image

अछाम- अछाम जिल्लामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । एक जना अर्की युवती अरिङ्गालको टोकाइबाट बिरामी परेकी छिन ।

अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ८ बारला निवासी बद्रि संज्यालका तीन बर्षीय छोरा शमिर संज्याल (जैशी) को डाले घाँस काट्ने क्रममा अरिङ्गालको टोकाबाट घटना स्थलमै मृत्यु भएको हो ।

मृतक बालक सुदर्शन आभारभुत बिद्यालय बारलामा बालबिकाश केन्द्रका विद्यार्थी हुन ।

उनकै १८ बर्षीया दिदी पनि अरिङ्गालको टोकाइबाट विरामी परेकी छिन ।

उनीहरु डाले घाँस काट्न जाँदा अरिङ्गालको गोला नै खनिएर टोकेको थियो ।

अरिङ्गालको टोकाइबाट गम्भिर विरामी परेकी राधा संज्यालको जिल्ला अस्पताल अछाममा उपचार भैरहेको र अवस्था सामान्य रहेको अछाम अस्पतालका डाक्टर अतुल भारद्वाजले बताउनु भयो ।।

https://ujyaalonepalnews.com/archives/32799

Previous articleविश्वकप छनोट : नेपाल ओमानसँग पाँच रनले पराजित
Next articleकिसानलाई धान काट्न भ्याइनभ्याइ, उत्पादन बढने अनुमान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।