प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा जुट्न अपिल

काठमाडौं-   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पमा परी घाइतेहरूको उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्नु भएको छ ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले भन्नु भएको छ, ‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको छु। घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्।  उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्दछु।’’

भूकम्पमा परी जाजरकोटमा ३७ र रुकुममा ३६ गरी ७३ जनाको मृत्यु भइसकेको छ ।

भूकम्पका कारण सयौँ मानिसहरु घाइते भएका छन । मृतक र घाइतेहरुको थप विवरण आउन बाँकी छ ।।

https://ujyaalonepalnews.com/archives/32881

Previous articleभूकम्प अपडेट : जाजरकोटमा मात्र ३७ को मृत्यु, सयौँ घाइते
Next articleभारतमा दुर्घटनामा परी एकै परिवारका ५ नेपालीको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।