जाजरकोट भूकम्प : राहत र उद्धारमा जुट्न राष्ट्रपतिको अपिल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा भएको मानवीय  र भौतिक क्षतिले आफू मर्माहत भएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले विपदको यस घडीमा उद्धार तथा राहतमा जुट्न सरकार र सम्बन्धित सबैलाई अपिल पनि गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपत पौडेलले यो आग्रह गर्नुभएको हो ।

गएराति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पमा परी जाजरकोटमा ३७ जना र रुकुम पश्चिममा ३६ जना गरी ७३ जनाको मृत्यु भएको छ । क्षतिको थप विवरण आउने क्रम जारी छ ।।

https://ujyaalonepalnews.com/archives/32886

Previous articleजाजरकोट भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिममा गरी ८० जनाको मृत्यु
Next articleस्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।