जाजरकोट भूकम्प: बाँकेका अस्पतालहरुमा घाइतेहरुको उपचारका लागि १०५ वटा वेड तयार

बाँके- जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि बाँकेमा अस्पतालहरु खाली गर्ने र नयाँ उपचार केन्द्र संचालनमा ल्याइएको छ।

बाँकेको भेरी अस्पतालमा भूकम्पबाट घाइते भएकाहरुको लागि उपचार गर्न छुट्टै उपचार कक्षको व्यवस्था गरिएको छ । भेरी अस्पतालमा ८० वटा बेड उपचारका लागि खाली गराइएको छ भने सैनिक अस्पतालमा २० र प्रहरी अस्पतालमा ५ वटा बेड तयारी अवस्थामा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभएको छ।

गएराति जाजरकोट केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म ८० जनाको म‌ृत्यु भएको छ । मृत्युहुने सबैजसो जाजरकोट र रुकुम पश्चिमका छन ।

भूमक्पमा परी सयौँको संख्यामा मानिसहरु घाइते भएका छन ।

क्षतिको विवरण आउने क्रम बाँकी छ ।।

https://ujyaalonepalnews.com/archives/32889

Previous articleस्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान
Next articleसभापति देउवाद्वारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।