घाइतेको उद्धार र उपचारमा सबै खट्न अध्यक्ष ओलीको आग्रह

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गर्नुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत उद्धारमा खटिन आग्रह गर्नुभयो । “भूकम्प रातको समयमा गएकाले उद्धार प्रभावकारी हुन सकेको छैन होला । मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरेँ ।

यतिबेला त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ । सबै साथीहरु उद्धारमा खटौँ”, उहाँले भन्नुभएको छ, “भूकम्प प्रभावित क्षेत्रभन्दा बाहिरकाले सहयोग पुर्‍याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नुपर्ने समय हो ।”

गए राति जाजरकोट केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी हालसम्म एक सयभन्दा बढीको ज्यान गएको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।

https://ujyaalonepalnews.com/archives/32898

Previous articleभूकम्प अपडेट: जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु
Next articleप्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।