भूकम्प अपडेटः मृत्यु हुनेको संख्या एक सय ३३ पुग्यो, एक सय भन्दा बढी परकम्प

जाजरकोट- शुक्रवार राति जाजरकोट जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ३३ पुगेको छ ।

भूकम्पबाट सबैभन्दा बढी प्रभावित जाजरकोटमा ९५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । यसैगरि दुबै जिल्लामा गरी एक सय ६० जना भन्दा बढी घाइते भएका छन् ।

दूर्गम र विकट ठाउँ भएका कारण कतिपय गाउँसम्म सडक सम्पर्क टुटेको र सञ्चार सम्पर्क समेत विच्छेद भएका कारण क्षतिको यकिन विवरण अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।

भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख रसिता सिंहको समेत मृत्यु भएको छ । शुक्रवार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पपछि पटक त्यहाँ भूकम्पको परकम्पहरु गएको र यस्तो परकम्पको संख्या एक सय भन्दा बढी भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/32904

Previous articleभूकम्प : उद्धारमा जारी, जनप्रतिनिधि र सुरक्षाकर्मी परिचालित
Next articleबस दुर्घटनामा ३४ जना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।