Home Uncategorized सरकारले भूकम्प प्रभावित क्षेत्रमा निशुल्क टेलिफोन, एसएमएस र ईन्टरनेट सेवा प्रदान गर्ने

सरकारले भूकम्प प्रभावित क्षेत्रमा निशुल्क टेलिफोन, एसएमएस र ईन्टरनेट सेवा प्रदान गर्ने

दाङ- सरकारले भूकम्प प्रभावित क्षेत्रमा निशुल्क टेलिफोन, SMS र ईन्टरनेट सेवा प्रदान गर्ने भएको छ । सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले सिंहदरबार डाकेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल दूरसंचार प्राधिकरणमार्फत वितरण हुने सम्पुर्ण सेवा पाँच दिनसम्म जाजरकोट, पुर्वी रुकुम र पश्चिम रुकुममा निशुल्क प्रदान गरिने मन्त्री शर्माले जानकारी दिनुभयो ।

जाजरकोट र पश्चिम रुकुमको अबरुद्ध टेलिफोन र संचारसेवा सुचारू गर्न संचार मन्त्रालयले आकस्मिक बैठक बोलाउनु भएको थियो । गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट त्यस वरपरको टेलिफोन र ईन्टरनेट सेवा अबरुद्ध छ ।

लामो समयसम्म संचार सेवा विच्छेद हुदा घाईतेहरुको उपचार र उद्वारमा समस्या हुँदै आएकोले छिटोभन्दा छिटो टेलिफोन सेवा मर्मत गरि सुचारु गर्न दूरसंचार प्राधिकरणलाई मन्त्री शर्माले निर्देशन दिनुभएको छ ।

https://ujyaalonepalnews.com/archives/32907

Previous articleभूकम्प प्रभावित क्षेत्रमा तत्काल बिजुली उपलब्ध गराउन मन्त्री बस्नेतको निर्देशन
Next articleडडेल्धुराका पालिकाद्वारा भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।