राहत र उद्धारमा जुट्न पूर्व राष्ट्रपति यादवको आग्रह

काठमाडौँ- पूर्व राष्ट्रपति डा. रामवरण यादवले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिबाट आफू अत्यन्त दुःखी भएको बताउनुभएको छ ।

उहाँले तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक कार्यकर्ता र स्थानीयवासी सबैलाई उद्धार र राहत कार्यमा जुट्न अपिल पनि गर्नुभएको छ ।

पूर्व राष्ट्रपति यादवले भन्नुभएको छ, ‘‘जाजरकोट भूकम्पबाट निधन हुने र घाइतेको सङ्ख्या बढ्दै गर्दा म निकै मर्माहत र दुःखी भएको छु ।

निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक कार्यकर्ता र स्थानीयवासी सबैलाई उद्धार र राहत कार्यमा जुट्न अपिल पनि गर्दछु ।’’

शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १५७ पुगेको छ । भने १९० भन्दा धेरै जना घाइते भएका छन् ।।

https://ujyaalonepalnews.com/archives/32924

Previous articleरत्ननगरमा वडा स्तरीय फटवलकाे उपाधि वडा नं ९ ले जित्याे
Next article‘प्रधानमन्त्री उद्धारमा खटिएपछि पीडित र सरकारी निकायले अभिभावकत्व महसुस गरे’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।