
काठमाडौं- चीनले जाजरकोट भूकम्पपीडितका लागि १० करोड रुपैयाँ बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।
नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा सो रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
त्रिपाल, कम्बललगायत राहत सामग्री चीनबाट नेपालतर्फ पठाइएको र केही दिनभित्रै ती सामग्री नेपाल सरकारमार्फत पीडितलाई प्रदान गरिने जनाइएको छ ।
https://www.ujyaalonepalnews.com/archives/32933
