विद्यालयमै प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला

0
120

सिरहा- सिरहामा एक सामुदायिक विद्यालयका प्रधानाध्यापक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमिक विद्यालय – तेतरिया जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

मिर्चैया नगरपालिका-६ का बासिन्दा साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि लामो समयसम्म खोजी भएको थियो । खोजतलास गर्ने क्रममा बिहान ११ बजेतिर विद्यालयको तेस्रो तल्लामा निर्माणाधीन सभा हलमा सलको पासोमा झुन्डिएको अवस्थामा साहलाई भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा केही रगतका टाटा देखिएकाले घटना शंकास्पद रहेको आरोप परिवारजनले लगाएका छन् ।

https://www.ujyaalonepalnews.com/archives/32955

Previous articleखुला आकाशमुनि रात बिताउँदा…
Next articleजाजरकोटको रामिडाँडामा अर्को शक्तिशाली परकम्प