खेत खेतमा पुगेर फूल किसानको हौसला बढाउँदै कालिकाका मेयर

रत्ननगर, कार्तिक २१ । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले नगरभित्र गरिएको सयपत्री फुलखेतीको मंगलबार अनुगमन गरेका छन् ।

वडा नं ७ मा रहेको सगुन बहुउद्देश्यीय सहकारी सस्था लि.ले गरेको फुलखेतीको मेयर रेग्मीले अनुगमन गरेका हुन । सो अबसरमा उनले तिहारमा नगरभित्र उत्पादित सयपत्री फुलको माला प्रयोग गर्न नगरबासीहरुलाई आग्रह गरेका छन् ।

मेयर रेग्मीले नगरभित्रका बजारमा प्लाष्ट्रिक जन्यमाला विक्री वितरणमा रोक लगाइएको जानकारी दिए ।

सो सहकारीले नगरपालिकाको अनुदानमा ६ कठ्ठा क्षेत्रफलमा फूलखेती गरेको संस्थाका सचिव सुवास श्रेष्ठले जानकारी दिए ।

अनुगमनपछि फूल उत्पादन र बजारिकरणको विषयमा सहकारीका सदस्य र जनप्रतिनिधि बीच अन्र्तक्रिया कार्यक्रम समेत गरिएको छ ।

कार्यक्रममा वडा अध्यक्ष कमलराज मुक्तान, वडा सदस्यहरु, सस्थापक वडा अध्यक्ष, वडा सदस्यलगायत संस्थाका शेयर सदस्यहरुको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष ज्ञान बहादुर गुरुङले सहकारीको कार्यप्रगति विवरण सहित फुलखेतीका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रम संस्थापक वडा सदस्य उमाकान्त सापकोटाले गरेका थिए ।

https://ujyaalonepalnews.com/archives/33012

Previous articleसिरहामा हतियारसहित तीन जना पक्राउ
Next articleनेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।