Home Uncategorized हमासको मुख्य पकड रहेको उत्तरी गाजा नियन्त्रणमा लिएको इजराइली सेनाको दाबी

हमासको मुख्य पकड रहेको उत्तरी गाजा नियन्त्रणमा लिएको इजराइली सेनाको दाबी

हमाससँग प्रत्याक्रमणमा उत्रिएको इजराइल मध्य गाजामा पुगेको छ । इजराइली रक्षामन्त्री योयाभ गालान्टले इजराइली सेना गाजा शहरको मुटुमा पुगेको पुष्टि गर्नुभयो छ ।

इजरायली रक्षा सेनाले गाजा शहरमा जल, स्थल र हवाई मार्गबाट लगातार बमबारी गरिरहेको रक्षामन्त्रीको भनाइ छ । विश्व स्वास्थ्य संगठनले इजराइल र हमासबीच जारी युद्धका कारण भएको मृत्यु र पीडा सहन गर्न सक्ने तहको नभएको जनाएको छ ।

संयुक्त राष्ट्र संघीय निकायका प्रवक्ताले युद्धरत दुबैपक्षबाट मारिएकाहरु प्रति इंगित गर्दै अहिले पनि गाजामा दैनिक सरदर १ सय ६० जना बालबालिकाको मृत्यु भइरहेको बताउनुभयो ।

यसअघि दक्षिणी गाजाका शहर खान युनिस, रफाह र देर अल-बालाह सहरहरूमा इजरायली हवाई आक्रमणमा परी दर्जनौंको मृत्यु भएको बताइएको छ । इजरायली रक्षा सेनाले भने सो आक्रमणका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

तर पछिल्लो भिडन्तमा हमासको मुख्य पकड रहेको क्षेत्र उत्तरी गाजा नियन्त्रणमा लिएको इजराइली सेनाको दाबी छ । इजराइल हमास युद्धका कारण हालसम्म इजराइलमा १ हजार ४ सय मारिएका छन् भने २ सय जनाभन्दा बढीलाई बन्धक बनाइएको छ ।

यसैगरी इजरायलले गरिरहेको जवाफी कारवाहीमा गाजामा १० हजार ३ सय बढी मारिएका छन् । त्यसमध्ये ४ हजार १ सयभन्दा बढी बालबालिका रहेका छन् ।

https://ujyaalonepalnews.com/archives/33024

Previous articleपोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख रकम ठगी गर्ने महिला पक्राउ
Next articleजयनगर-बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।