एन्फाको विशेष साधारणसभा हेटौँडामा सुरु, अध्यक्ष नेम्वाङले अविश्वासको प्रस्ताव सामना गर्दै

मकवानपुर- अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारणसभा मकवानपुरको हेटौँडामा सुरु भएको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले आज आफु माथि लागेको अविश्वासको प्रस्ताव सामना गर्दै हुनुहुन्छ ।

गत भदौ २५ गते एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।

एन्फाको असोज १७ गते बसेको आपत्कालीन बैठकले अध्यक्षले विशेष साधारणसभाबाट अविश्वासको प्रस्ताव सामना गर्ने निर्णय गरेको थियो ।

अविश्वासको प्रस्ताव सहित आज विभिन्न एजेण्डामा छलफल र निर्णय हुने बताइएको छ । एन्फामा कुल १०५ सदस्य रहेकोमा साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ ।

यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । साधारणसभा स्थलमा ५० भन्दा बढि प्रहरी परिचालित गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/33053

Previous articleट्रकको ठक्करबाट युवकको मृत्यु
Next articleविद्युत् प्राधिकरण भरतपुरमा लाईन काट्ने अभियान तीव्र, दश दिनमा १ करोड ३७ लाख बाँकी वक्यौता संकलन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।