क्रिकेटर लामिछाने मुद्दाः एक महिनाभित्र बहस नोट पेस गर्न आदेश

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बहस नोट एक महिनाभित्र पेस गर्न आदेश गरेको छ ।

न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बिहिबार सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेस गर्न आदेश गरेको हो ।

यसअघि बलात्कार मुद्दाको थुनछेक बहसमा अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशमा हुने प्रतियोगितामा खेल्ने अनुमति दिन आदेश गरेको थियो ।

https://ujyaalonepalnews.com/archives/33065

Previous articleयुएई जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने
Next article‘सुशासन कायम गर्न सरकार दृढतापूर्वक लागेको छ’: प्रधानमन्त्री प्रचण्ड
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।