मन्दिरमा बल्ब राख्‍ने क्रममा करेन्ट लागेर मृत्यु

रामेछाप- दिपावलीका दिन मन्दिरमा पुजा गर्नका लागि बल्ब राख्न गएका एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय रामेछापले दिएको जानकारी अनुसार जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ५ काभ्रेचौरका ३५ बर्षका महेन्द्र कडेंललाई आफ्नै घर नजिकैको मन्दिरमा बल्ब राख्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो ।

कडेंललाई आइतबार करेन्ट लाग्ने बित्तिक्कै उपचारका लागि काठमाण्डौं पुर्‍याइएको भएपनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

दिपावलीका दिन मन्दिरमा उज्यालो बनाएर पूजा गर्ने उदेश्यले कडेंल मन्दिरमा बल्ब राख्न गएका थिए । बल्ब राख्ने क्रममा एक्कासी करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी गराएको छ ।

https://ujyaalonepalnews.com/archives/33121

Previous articleतिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै
Next articleकाठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।