राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्नुहुने भएको छ ।

राष्ट्रपति पौडेलले बुधबारको शुभसाइतमा बहिनीहरू हातबाट टीका र आर्शिवाद लिनुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ ।

भाइटीकाको उत्तम साइत बुधबार बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/33138

Previous articleभाइटीकाको दिन मौसम कस्तो रहला ?
Next articleनेपाल संवत् सबैको साझा हो, यसलाई मनाउन कुनै सङ्कीर्णता देखाउन हुँदैन : प्रधानमन्त्री
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।