दाङ- अटो दुर्घटना हुँदा दाङमा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा जिल्लाको बंगलाचुली गाउँपालिका– ५ की ६५ वर्षीया भेगी बुढाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार भेगीको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
बुधबार बंगलाचुली– ५ स्थित गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नम्बरको अटो ब्रेक फेल भइ झन्डै पाँच सय मिटर तल खस्दा बुढा गम्भीर घाइते भएकी थिइन् ।
जिल्लाको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा घाइते बुढालाई थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको थियो । कोहलपुरमै घाइते बुढाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
https://www.ujyaalonepalnews.com/archives/33168