महिला टि-२० सिरिजः जापानलाई हराउँदै नेपाल तेस्रो स्थानमा

काठमाडौं- हङकङमा जारी चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा जापानलाइ ४५ रनले पराजित गर्दै नेपालले तेस्रो स्थान प्राप्त गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । यसअघि समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।

समूह चरणको पहिलो खेलमा नेपाल तान्जानियासित २७ रनले तथा दोस्रो खेलमा बिहीबार हङकङसित नौ विकेटले पराजित भएको थियो । महिला टि–२० सिरिजको उपाधिका लागी आयोजक हङ्कङ र तान्जानिया विच अवको केहि बेरमा पौने १२ बजे खेल सुरु हुदैछ ।

https://ujyaalonepalnews.com/archives/33223

Previous articleछठले राष्ट्रिय एकता सुदृढ गर्ने प्रधानमन्त्री दाहालको विश्वास
Next articleजनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।