विश्वकप क्रिकेटः भारतले दियो अष्ट्रेलियालाई २४१ रनको मध्यम लक्ष्य

Click Image

काठमाडौं- विश्वकप क्रिकेटको फाइनलमा भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पुरै ५०ओभर खेलेर सबै विकेट गुमाउँदै २४० रन बनाएको हो ।

अहमदावादमा जारी विश्वकपमा भारतको यो सबैभन्दा कमजोर प्रदर्शन हो । ११ खेलमध्ये भारत पहिलो पटक अलआउट भएको हो । भारतका लागि केएल राहुल र विराट कोहलीले अर्धशतक बनाए । राहुल ६६ र कोहली ५४ रनमा आउट भए ।

भारतले सुरुवातमा ठूलो स्कोर बनाउने संकेत देखाएको थियो तर, कप्तान रोहित शर्मा ४७ रनमा आउट भएपछि दबाबमा आएको भारतले त्यसपछि गतिलो साझेदारी बनाउन सकेन ।

सूर्यकुमार यादव १८ र कुलदिप यादवले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । अष्ट्रेलियाका लागि मिचेल स्टार्सले ३ तथा जोस हेजलउड र प्याट कमिन्सले २-२ विकेट लिए ।

https://ujyaalonepalnews.com/archives/33237

Previous articleतराई-मधेशमा छठ पूजाको रौनक:अस्ताउँदो सूर्यलाई अर्घ दिइयो
Next articleसामाजिक सदभावको पर्व बन्दैं छठ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।