Home Uncategorized रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ घाइते, केहीको अवस्था गम्भीर

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ घाइते, केहीको अवस्था गम्भीर

रुकुम पश्चिम- रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, गोइरीमा आज बिहान जिप दुर्घटना हुँदा कम्तिमा २२ जना घाइते भएका छन् ।

खोलागाउँबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।

घाइते २२ मध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । दुर्घटनाका घाइतेलाई उद्दारपछि चौरजहारी अस्पताल लगिएको छ ।

दुर्घटनाग्रस्त जिप भेरी नदीको छेउमा खसेको बताइएको छ । दुर्घटना थप विवरण आउन बाँकी छ ।

https://ujyaalonepalnews.com/archives/33246

Previous articleविपिन जोशी हमासको नियन्त्रणमा रहेको इजरायली सुरक्षा फौजद्वारा पुष्टी
Next articleजीप दुर्घटना अपडेटः गम्भीर घाइते भएका दुई जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।