बुटवलमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बुटवल रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यू भएको छ । दुर्घटनामा परि रुपन्देही शंखनगर निवासी माधव देवकोटा र एकजना महिलाको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले मोटरसाइलाई ठक्कर दिदा दुवै जनाको घटना स्थलमा ज्यान गएको हो ।

ना ६ ख ८१६१ ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको र मृतक महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

लु ४९ प २२३० नम्वरको मोटरसाईकलमा तिलोत्तमा उद्योग बाणिज्य संघलले मणिग्राममा आयोजना गरेको मेलातर्फ जादै गरेका स्थानीयले बताएका छन् ।

तिलोत्तमामा रहेको तिलोत्तमा सहकारीका अध्यक्ष रहेका देवकोटा सहकारी संघका केन्द्रिय सदस्य एवं राष्टिय सहकारी बैकका सन्चालक हुन्।

https://ujyaalonepalnews.com/archives/33255

Previous articleभूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका १ अर्ब ४१ करोड रकम निकासा
Next articleपाल्पामा च्याउ खेतीतर्फ युवाहरुको आकर्षण बढ्दो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।