ट्रक चालक समितिको बिरोध जुलुश

बारा- नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्रक चालक समितिले सडकमा ट्राफिक चेकिङ र स्थानीय सरकारको अनियमित कर, चालक कुटपिटको बिरोध गर्दै बाराको जीतपुर-सिमरामा बिरोध जुलुश तथा सभा गरेको छ ।

पथलैया सिमरा, जितपुर हुदै पुन: पथलैयामा आएर सम्पन्न सभामा समितिका अध्यक्ष नबराज कार्कीले आफुहरुको माग सम्बोधन नभए आगामी मंसिर ७ देखि चक्काजाम गरेर आन्दोलन गर्ने जनाएका छन् ।

भारतीय गाडी बन्द गर, ट्राफिक ज्यादती बन्द गर, पार्किङस्थल निर्माण गर जस्ता नारा उनीहरुले लगाएका थिए । जुलुशपछि पथलैयामा सम्पन्न सभामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय महासचिब केशब थापाले गृह मन्त्रालय लगायत सबैमा ज्ञापनपत्र दिएपनि सरकारले नसुनेका कारण आन्दोलनमा उत्रन बाध्य हुनुपरेको बताउनु भयो ।

https://ujyaalonepalnews.com/archives/33273

Previous articleपाँच वर्षका लागि चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रलाई
Next articleभूकम्प प्रभावित क्षेत्रका विद्यालयमा विद्यार्थीको न्यून उपस्थिति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।