अन्नपूर्णमा बेपत्ता ७ को खोजी जारी, माछापुच्छ्रेमा सय पर्यटक अलपत्र

कास्कीस्थित अन्नपूर्ण आधार शिविरको पर्यटकीय पदमार्गमा हिमपहिरो जाँदा बेपत्ता तीन नेपालीसहित ७ विदेशी पर्यटकको खोजी भइरहेको छ। 

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले शनिबार बिहान दिएको जानकारीअनुसार अन्नपूर्ण गाउँपालिका-११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा तीन नेपाली गाइडसहित चार कोरियाली पर्यटक शुक्रबार दिउँसोदेखि हराइरहेका छन्।

उनीहरूको खोजीका लागि पोखराबाट तीन/चारवटा हेलिकोप्टर उद्धार टोली लिएर उडेका छन्।

‘हेलिकोप्टरबाट हेर्दा माछापुच्छ्रे बेस क्याम्पमा पनि सय जनाजति पर्यटक बाटो अवरुद्ध भएर अलपत्र परेको देखिएको छ,’ प्रमुख जिल्ला अधिकारी केसीले नेपालखबरसँग टेलिफोनमा भने, ‘अहिलेसम्म उनीहरू सुरक्षित नै देखिएका छन्, बाटो खुल्ने स्थिति आएन भने उनीहरूलाई पनि हेलिकोप्टरबाटै उद्धार गर्ने तयारी भइेहरको छ।

नेकपाले नेताहरूको सम्पत्ति छानबिन गर्ने

Previous articleभिजिबिलिटी नपुगेपछि नेपाल एयरलाइन्सको विमान दिल्ली डाइभर्ट, चारवटा होल्डमा
Next articleगायिका राउतमाथि कारबाहीको हुने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।