रत्ननगर अस्पताल १०० शैयामा स्तरोन्नती

४ पुस, काठमाडौं । बागमती प्रदेश सरकारले बकुलहर रत्ननगर अस्पताल १०० शैयामा स्तरोन्नति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अस्पतालाई १०० शैयामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

बैठकले रत्ननगर सँगै धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट र सिन्धुली अस्पताल सिन्धुलीलाई समेत १०० शैयामा स्तरोन्नति गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री उत्तम जोशीले जानकारी दिए ।

त्यस्तै हेटौंडा अस्पताल मकवानपुर र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० बेडमा स्तरोन्नति गर्ने निर्णय भएको जोशीले बताए ।

Previous articleदोश्रो रत्नप्रिय कपको उपाधि प्याराडाइज युवा क्लवलाई
Next articleखैरहनीमा क्यूआरबाट कर तिर्ने व्यवस्थाको सुरुवात
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।