कारको टायर पड्किएर भएको दुर्घटनामा कालिकामा एकजनाको ज्यान गयो

चितवन । चितवनमा टायर पड्किदा कार अनियन्त्रित भएर पल्टिदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार कालिका नगरपालिका वडा नम्वर १ लंकालाइनमा भरतपुरबाट खोलेसिमलतर्फ जाँदै गरेको बा ११ च ८७८९ नम्वरको कारको टायर पड्किदा अनियन्त्रित भई नालीमा पल्टिएको थियो ।

दुर्घटनामा घाइते कार चालक कालिका नगरपालिका ५ का बिष्णु क्षेत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता बिजयराज पण्डितले जानकारी  दिए।

सयौं वर्षदेखि फलामको बलियो सिक्रीले बाँधेर राखिएको भगवानको कथा

Previous articleबाघमारा सामुदायिक वनको १९औं बार्षिक साधारण सभा : संरक्षणकर्मीलाई सम्मान
Next articleक्रिसमस पर्वको पूर्व सन्ध्यामा सौराहामा सांस्कृतिक झाँकी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।