मौलाकाली केवलकारको सातौं वार्षिक साधारणसभा; सर्वसाधारणलाई आईपीओ जारी गर्ने तयारी

0
162

उज्यालो नेपाल –  मौलाकाली केवलकार प्रालीले सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी गरेको छ ।

गैंडाकोटमा सम्पन्न कम्पनीको सातौं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो । केवलकारको टप स्टेशनमाथि निर्माणाधीन होटल पनि निर्माण सम्पन्न हुने चरणमा रहेको र आगामी ६ महिनाभित्रमा होटल संचालनमा ल्याउने कार्ययोजना रहेको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

 

गैंडाकोट वडा नम्बर १ र २ का बासिन्दालाई दिईंदै आएको स्थानीय छुट अब सम्पूर्ण गैंडाकोट नगरपालिकावासीलाई दिइने पनि अध्यक्ष ढकालले जानकारी दिए ।

नवलपुर जिल्लाको गैंडाकोटमा अवस्थित पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिरसम्म जाने सहज माध्यम बनेको मौलाकाली केवलकार गत वैशाखदेखि संचालनमा आएको हो ।

शुरुवातदेखि हालसम्म २ लाख १५ हजारभन्दा धेरै दर्शनार्थीले केवलकार यात्रा गरेका केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले जानकारी दिनुभयो।

Previous articleरत्ननगर महाेत्सव : तीन दिनमा ३५ हजारले गरे अबलाेकन
Next articleआज वि.सं. २०८० पौष २९ गते आइतवार; आजको तपाईको दिन कस्तो छ ? (राशिफल)