उज्यालो नेपाल – आगो ताप्ने क्रममा शरीरमा आगो लाग्दा रत्ननगरमा एक वृद्धा घाईते भएकी छिन् ।
रत्ननगर ७ मैनाहामा विहिबार बिहान ५:३० को समयमा आगो ताप्ने क्रममा सोहि स्थान निवासी ७२ वर्षिया गरभी थरुनी जलेर घाईते भएकी हुन् ।
उनलाई उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर लगिएको र उनको अवस्था मध्यम रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।