Home Uncategorized गुण्डागर्दीमा संलग्न पासलाल पक्राउ

गुण्डागर्दीमा संलग्न पासलाल पक्राउ

पटक पटक गुण्डागर्दीमा संलग्न रही फरार सहँदै आएका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। 

सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ बोल्दे घर भएका पासलाल तामाङ पक्राउ परेका हुन्। उनी समेतका ब्यक्तिहरुले बलेफी हाईड्रोपावर काम गर्ने ठेकदार र अरु व्यक्तिहरुलाई पनि हातहतियार देखाई ज्यान मार्ने धम्की दिएको तथा महिलासमेतलाई अभद्र व्यबहार गरेको प्रहरीको आरोप छ।

मंगलबार जडिबुटीबाट पक्राउ परेका पासलाललाई अभद्र ब्यबहार सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कार्वाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ।

उनी कर्तब्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल भुक्तान भई छुटेको बताइन्छ। यस्तै, सिन्धुपाल्चोमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको थाह भएको छ।

भारतबाट नक्कली प्रमाणपत्र ल्याएर प्रहरी जागिर खाने सईविरुद्ध भ्रष्टाचारको मुद्दा

Previous articleराससलाई भौतिक र आर्थिक व्यवस्थापन सहयोग गर्न तयार छौंँ : मन्त्री जम्कट्टेल
Next articleप्रजातन्त्र दिवसमा मुख्यमन्त्री राईको शुभकामना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।