Home चितवन सेरोफेरो कालिकामा दादुरा-रुबेला विरुद्धको खोप अभियान सुरु

कालिकामा दादुरा-रुबेला विरुद्धको खोप अभियान सुरु

कालिका, फागुन २२। पूर्वी चितवनको कालिका नगरपालिकामा दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु गरिएको छ ।

कालिका वडा नं. ७ मा रहेको पृथ्वी माध्यमिक विद्यालयको परिसरमा एक औपचारिक कार्यक्रमका बीच अभियानको समुद्घाटन गरिएको हो ।

अभियानमा नौं महिनादेखि १५ बर्ष मुनिका १६ हजार १ सय ७५ जना बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप लगाइने नगर खोप समन्वय समिति संयोजक तथा नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए ।

कालिकाका बालबालिकालाई खोप लगाउन ५७ वटा खोप केन्द्र, १२४ जना स्वास्थ्यकर्मी र १८९ जना स्वयंसेवक परिचालन गरिने स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले बताए ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, नगर उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत चूडामणि शर्मा गौतम, वडाध्यक्षहरु टिकाराम रेग्मी, दीपक भट्टराई, कमलराज मोक्तान, निलकण्ठ मगर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत लामिछाने लगायतको उपस्थिति रहेको थियो।

स्वास्थ्य शाखा प्रमुख दीपक भट्टराईले सञ्चालन गरेको कार्यक्रम सामाजिक विकास समिति संयोजक तथा वडा नं ४ का वडाध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा भएको थियो।

Previous articleVavada Latvija kazino jaunumi un akcijas 2026 gadā
Next articleत्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।