Home Uncategorized मनाङमा ४ चिनियाँ पर्यटक बेपत्ता

मनाङमा ४ चिनियाँ पर्यटक बेपत्ता

 मनाङ पदयात्रामा गएका ४ जना चिनियाँ नागरिकहरु सम्पर्कविहीन भएका छन्।

प्रहरीका अनुसार राउन्ड अन्नपूर्णको थोरङ्लापास गर्न गएका ४ जना चिनियाँहरु पुस २७ गते मनाङ पुगेका थिए। मनाङको निस्याङ गाउँपालिाका–९ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापको कार्यालयमा नाम दर्ता गराएर अघि बढेका उनीहरुले हालसम्म थोरङ्ला पास पनि नगरेको र सम्पर्कमा पनि नआएको प्रदेश प्रहरीले जनाएको हो।

प्रहरीका अनुसार इजी ११९२६२ नम्बरको पासपोर्ट बाहक हुङ युयिन, पासपोर्ट नम्बर इओ ५२५६४८० बाहक क्याट सिउ तिङ नामक महिलासहित मा क्विनिल र एन्वद झाड नामक दुई पुरुष सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अघि बढाएको छ।

नेप्से २.४९ ले बढ्दा कारोवार डेढ अर्बमाथि

Previous articleहुक्काबाट गरिने धुम्रपानले रगत जम्ने खतरा
Next articleअन्नपूर्ण क्षेत्रमा हराएका ७ को अवस्था अझै अज्ञात, १२० जनाको हेलिकोप्टरबाट उद्धार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।