कालिकामा सहमतीको बेमौसमी तरकारी खेती तालिम सुरु

0
33

उज्यालो नेपाल, रत्ननगर, चैत्र १६-  समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सहमतीले कालिका नगरपालिकामा बेमौसमी तरकारी खेती तालिम सुरु गरेको छ ।

संस्थाले कालिकाका तिनवटा सामुदायिक वनमा आवद्ध २२ जना किसानहरुलाई तालिम संचालन गरेको हो । तालिम पाउनेहरुमा चतुर्मुखी, अमलाचुली र भिमवली सामुदायिक वनमा आवद्ध किसानहरु छन् ।

कालिकाकै भिमवली सामुदायिक वन कार्यालयको सभाहलमा सुरु भएको तालिमको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि वडा नं. ५ का वडाध्यक्ष दिपक बहादुर भट्टराईले यस्ता तालिमले किसानहरुको आर्थिक क्षमता बढाउन सहयोगी भूमिका खल्ने धारणा व्यक्त गरे ।

सामुदायिक वनमा आवद्ध किसानहरु आर्थिक रुपमा सबल भएमात्र संरक्षणको काम दिगो हुने बताउँदै थापाले आयोजक प्रति धन्यवाद ज्ञापन गरे ।

भिमवली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जयचन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रम सहमतीका चितवन जिल्लाको लागि सामाजिक सहजकर्ता जनक सुवेदीले संचालन गरेका थिए ।

सहमति संस्थाले डब्लु डब्लु एफ नेपालसँगको सहकार्यमा यस्ता कार्यक्रम संचालन गर्दै आएको छ । तालिमका सहभागीहरुलाई नेपाल कृषि अनुसधान परिषदका वरिष्ठ वैज्ञानिक डा. सुवास सुबेदीले प्रशिक्षण दिनेछन् ।

Previous articleत्रिभुवन विश्वविद्यालयमा हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति गठन
Next articleरौतहटमा एसईई परीक्षा केन्द्रहरूबाट ५ सयभन्दा बढी मोबाइल बरामद