बास्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग

0
40

काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री कांग्रेसले बास्कोटालाई बर्खास्त गर्न माग गरेको हो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्रीले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै कांग्रेसले उक्त माग गरेको हो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको विवरण यसअघि नै सार्वजनिक भएको जनाएको छ ।

कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए । तर, स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

‘७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा’ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रूपले आग्रह गर्दछ’, कांग्रेसले भनेको छ ।

The post बास्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग appeared first on Koshi Online.

दलालले विदेश पुर्यायो; चार वर्ष देखि छैन सम्पर्क बाटो कुर्दै छन् छोरा र श्रीमान्

Previous articleदोलखाको प्रसिद्ध भिमेश्वर शिलामा पसिना निस्कियो,अनिष्ट हुने संकेत भन्दै पूजापाठ
Next articleसुटिङ र स्विमिङ खेलको पुर्वाधार निर्माणको काम छिट्टै सुरु हुन्छ : सदस्य–सचिव