परियार एकता समाजको सांस्कृतिक कार्यक्रम सम्पन्न ।

परियार एकता समाजको आयोजनामा ‘परियार एकता मिलन समारोह विविध सांस्कृतिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

समाजका अध्यक्ष सुरज परियारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गायक एवम समाजसेवी श्रीकृष्ण आले मगर प्रमुख अतिथि रहनु भएको थियो।

छुवाछुत बिरुद्ध अभियान नेपालका केन्द्रीय अध्यक्ष कर्ण बहादुर बिश्वकर्माले औपचारिक खण्डमा छुवाछुत बिषयमा प्रशिक्षण दिनु भएको थियो।

संस्थाका संस्थापक अध्यक्ष कुमार परियारले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको सो कार्यक्रममा गायकहरु प्रेम परियार, राम परियार,आयुष परियार, भुवन प्यासी लगायतको साङ्गीतिक प्रस्तुति रहेको थियो ।

Previous articleटराैलीमा नि:शुल्क स्वास्थ्य शिविर : २६४ जनाले सेवा लिए
Next articleतासको खालबाट रत्ननगरमा आठजना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।