जर्मनीको दुईवटा बारमा गोली चल्यो, नौ जनाको मृत्यु

जर्मनी । जर्मनको हनाउस्थित दुईवटा शिशा बारमा बिहीबार राति भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । उक्त गोलीकाण्डका मुख्य व्यक्तिलाई बिहीबार बिहान प्रहरीले उनकै घरमा मृत अवस्थामा फेला पारेको छ ।

फ्रान्कफर्टबाट करिब २० किलोमिटरको दूरीमा रहेको हनाउ शहरका “मिडनाइड” र “एरेना” नाम गरेका दुई वटा बारमा गोली प्रहार गरिएको थियो । उक्त गोलीकाण्डको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुग्नुका साथै आकाशबाट हेलिकप्टर मार्फत शंकास्पद व्यक्तिको खोजी गरिएको थियो ।

हेस राज्यका प्रहरी प्रमुखले शंकास्पद व्यक्तिको शव उनको घरबाट बरामद गरिएको जानकारी दिनुभयो । उहाँले घटनामा अरु व्यक्ति संलग्न रहे नरहेको बारेमा अनुसन्धान भइरहेको बताउनुभयो ।
पहिलो बारमा मारिएका अधिकांश व्यक्ति कुर्दिस समुदायका रहेको स्थानीय अखबार बिल्डले जनाएको छ ।

गत सोमबार मात्र प्रहरीले जर्मनीको अति दक्षिणपन्थी समूहका १२ जना सदस्यलाई पक्राउ गरेको थियो । उनीहरुले गत वर्ष न्यूजील्यान्डमा भएझै मुस्लिम समुदायको मस्जिदमा ठूलै आक्रमण गर्ने योजना बनाइरहेको प्रहरीको भनाई छ ।

जर्मन–टर्किस इस्लामिक संगठन (डिटिब) ले जर्मनीमा रहेका करिब ९०० मस्जिद र मुस्लिम समुदायको सुरक्षाका लागि आह्वान गरेको छ । डिटिबले पछिल्ला वर्षहरुमा मुस्लिम समुदायले जर्मनीमा असुरक्षा महशुस गरिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

The post जर्मनीको दुईवटा बारमा गोली चल्यो, नौ जनाको मृत्यु appeared first on Rajdhani Daily News.

देवघाटमा रातिमा लास जलाउन रोक

Previous articleगोकुल बाँस्कोटाको राजीनामा माग गर्दै काँग्रेसद्वारा बैठक अवरुद्ध
Next articleभारतमा बिहीबार बस दुर्घटना हुँदा ६ नेपालीको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।